मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ ८ बिहीबार १६:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ मिक्लाजुङका शिक्षक हत्या आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ माघ ८ बिहीबार १६:५४:००

मोरङस्थित मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेकपा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । गत २३ मंसिरको बिहान गोठबाट गाईवस्तु सार्दै गर्दा हतियारसहित आएका चार–पाँचजनाको समूहले अपहरण गरेर जंगलमा घाँटी रेटेर हत्या गर्नेमध्येका ३२ वर्षीय डिबी सिलवाल भन्ने धनबहादुर विश्वकर्मा पक्राउ परेको प्रहरीले दाबी गरेको छ । 

उद्योगी–व्यापारीहरूलाई धाकधम्की दिएर चन्दा असुल्न खोजेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा संखुवासभाको मादी नगरपालिका– ४ ओखरबोटे स्थायी घर भएका नेकपा विप्लव समूहका मोरङ इन्चार्ज विश्वकर्मालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । 

पक्राउ परेका विश्वकर्मालाई प्रहरीले कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गराएको छ । हत्यामा संलग्न अन्य आरोपीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

श्रेष्ठ हत्याको जिम्मा नेकपा विप्लव समूहले विज्ञप्ति जारी गरी लिएको थियो । सुराकी गरेको आरोपमा सोधपुछ गर्न खोज्दा प्रतिकार गरेपछि कारबाही गरेको विप्लव समूहको पूर्वी कमान्ड इन्चार्ज प्रतापको नाममा जारी विज्ञप्ति उल्लेख थियो ।