१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १२:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद

राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगे वाटमोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनी अघिल्लो महिना मात्रै नेपाली सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । उनको कार्यकाल १ जनवरीबाटै सुरु भइसकेको छ । उनी आफ्नो जिम्मेवारी सम्हाल्न केही दिनअघि काठमाडौं आइपुगेका हुन् । 

नेपाल आइपुगेर केही दिन आइसोलेसनमा बस्नुपर्ने भएका कारण क्यानले उनीबारेको समाचार सार्वजनिक गरेको थिएन । पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा नेपाली टोलीलाई माथिल्लो स्तरमा पुऱ्याउन प्रयास गरिने जनाए । ‘केही खेलाडीलाई पनि पहिलेबाटै चिन्छु । अब केही नयाँ खेलाडीसँग पनि काम गर्नुपर्ने हुन्छ,’ उनले भनेका छन्, ‘नेपालले अहिले एकदिवसीय टोलीको मान्यता प्राप्त गरेको छ । अबको प्रयास नेपालले आफ्नो वरीयतामा अझ सुधार गर्नेतर्फ हुनेछ । त्यसका लागि पनि टोलीमा सौहार्दपूर्ण वातावरणको अपेक्षा गर्दछु । मेरो नेतृत्वमा अहिले प्राप्त एकदिवसीय मान्यता अर्काे साइकलमा पनि सुरक्षित गर्नेछौँ ।’

सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्व कपको उपाधि दिलाएका उनी नेपाली टोलीको जिम्मेवारी सम्हाल्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ प्रशिक्षकमा पर्छन् । नेपाली टोली हाल प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा व्यस्त छन् । 

उनले नेपाली खेलाडीको प्रदर्शन यही प्रतियोगितामा हेर्नेछन् । त्यसबाट उनले नेपाली सिनियर टोलीको आगामी प्रतियोगिताका लागि तयारी गर्नेछन् ।