१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नयाँ अमेरिकी नेतृत्वलाई नेपालको सन्देश : थप सहकार्य गर्न प्रतिबद्ध छाैँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:o४:oo

नेपालले अमेरिकाको उच्च नेतृत्वलाई बधाई सन्देश पठाउँदै भविष्यमा दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ । नेपाली समयअनुसार बुधबार राति शपथ खाएका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बेग्लाबेग्लै बधाई सन्देश पठाएका छन् ।

राष्ट्रपति भण्डारीले दुई देशको सम्बन्ध सुमधुर रहेको चर्चा गरेकी छिन् । नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाको सहयोगको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीच बहुआयामिक सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरेकी छिन् । 

उपराष्ट्रपति पुनले समकक्षी कमलालाई पठाएको बधाई सन्देशमा अमेरिकाको ऐतिहासिक चुनावबाट पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएका छन् । उनले नयाँ नेतृत्वबाट जलवायु परिवर्तन, सामाजिक न्याय, लैंगिक समानताजस्ता विषय प्राथमिकतामा राखिएको भन्दै प्रशंसासमेत गरेका छन् । 

प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वबाट अमेरिकाले प्रगति र समुन्नति निरन्तर हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकासँग लामो समयदेखिको मित्रतामा नेपाल प्रतिबद्ध रहँदै आएको भन्दै ओलीले विश्वव्यापी महत्वका, आपसी हितका विभिन्न विषयमा नयाँ नेतृत्वसँग सहकार्य गर्दै जाने विश्वास व्यक्त गरेका छन् । ओलीले सहयोग, आर्थिक साझेदारी, जनस्तरको सम्बन्धका आधारमा दुई देशको सम्बन्ध आगामी वर्षहरूमा नयाँ उचाइमा पुग्ने पनि विश्वास व्यक्त गरेका छन् । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि उपराष्ट्रपति ह्यारिसलाई सन्देश पठाउँदै दुई देशबीच द्विपक्षीय सम्बन्ध तथा दुवै देशको संसदबीच द्विपक्षीय सम्बन्ध थप वृद्धि गर्ने गरि सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् । 

ad
ad