१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ७ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ ७ बुधबार १९:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल एडुफेयर डटकमको चौथो भर्चुअल शैक्षिक मेला सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ७ बुधबार १९:२३:oo

नेपाल एडुफेयर डटकमको चौथो भर्चुअल शैक्षिक मेला बुधबारबाट सुरु भएको छ । स्नातक तहमा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरेको हो ।

शिलापत्र डटकमको आयोजनामा मेला सुरु भएको हो । मेलामा कक्षा १२ पछि अध्ययन गर्ने विषयमा विद्यार्थीले परामर्श पाउँछन् । कुन विषय पढ्दा के अवसर पाउन सकिन्छ, विषय कसरी छनोट गर्ने, नेपालमा के–कस्ता विषयको पढाइ हुन्छ, विश्वबजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ भन्नेलगायतका विषयमा परामर्श पाउन सकिने शिलापत्रका अध्यक्ष सुरेश सिंखडाले बताए । कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोटलगायतका विषयमा सहजीकरण हुनेछ । 

पहिले परामर्शका लागि विद्यार्थी कलेज धाउनुपर्ने बाध्यता अर्चुअल मेलाका कारण अन्त्य भएको छ । त्यसलाई मध्यनजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको उनले बताए । अहिले कोरोना महामारीले विश्व नै आक्रान्त भएको अवस्थामा भर्चुअल मेलाको विकल्प सिंखडाले बताए । उनले विज्ञान र प्रविधिको युगमा भर्चुअल मेलालाई नै अनुशरण गर्नुको विकल्प नभएको बताए

मेलामा स्नातक तह अध्ययन–अध्यापन गराउने उत्कृष्ट २० कलेजको सहभागिता छ । प्रत्येक वर्ष ‘शिलापत्र उज्ज्वल स्कलरसिप’अन्तर्गत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो वर्ष पनि विद्यार्थीलाई स्नातक तहमा नौवटा विषयमा र कक्षा ११, १२ मा ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने सिंखडाले बताए । ८ माघदेखि प्रत्येक दिन साँझ ६ देखि साढे ६ बजेसम्म शिलापत्रबाट ‘एडु टक’ लाइभ कार्यक्रम प्रसारण हुनेछ । 

एडु टक कार्यक्रममा प्रत्येक दिन एकजनालाई एउटा भिभो मोबाइल उपहार दिने व्यवस्था छ । त्यस्तै, ई–सेवाबाट ल्यापटप र नेपाल एडुफेयर डट कम भिजिट गरेर ई–सेवामा क्लिक गर्नेबित्तिकै ५० रुपैयाँ क्यास ब्याक पाउने आयोजकको भनाइ छ ।