मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ५ सोमबार १४:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालमा पनि तीनजनामा देखियो कोरोनाको नयाँ भाइरस

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार १४:२१:००

बेलायत र अफ्रिकी मुलुकहरूमा देखिएको कोराेना भइरसको नयाँ संस्करण नेपालमा पनि तीनजनामा देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बेलायतबाट फर्किएका नागरिकका ६ वटा नमुनामध्ये तीनजनामा नयाँ भाइरसको संक्रमण पुष्टि भएको हो । 

विज्ञप्तिअनुसार बेलायतमा देखिएको नयाँ भाइरस बी११७ नै नेपालमा पनि देखिएको हो । बेलायतबाट फर्किएका नागरिकहरूबाट संकलन गरिएको नमुना परीक्षण गर्दा एस जिन टार्गेट नेगेटिभ देखिएपछि नयाँ प्रजातिको भाइरस पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा २७ पुसमा मन्त्रालयले नमुना हङकङ पठाएको थियो । नमुना परीक्षणपछि इमेलमार्फत राष्ट्रिय जनस्वास्थ्य कार्यालयलाई पठाएको नतिजामा तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

नयाँ भाइरस संक्रमण हुने तीनैजना बेलायतबाट नेपाल फर्किएका नागरिक हुन् । संक्रमित हुनेमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष छन् । हाल २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा संक्रमण नेगेटिभ देखिएको छ भने ६७ वर्षीय पुरुष भने पोजेटिभ नै रहे पनि कुनै पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोभिड भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखिएसँगै स्वास्थ्य मन्त्रालयले भाइरस फैलनबाट बच्नका सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।