Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्वीर
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार १६:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देश भ्रष्टाचारमय छ : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २ शुक्रबार १६:३०:००

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतकाे दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् । 

देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ । 

सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणाअनुसारको व्यवहारमा नदेखिएको उनको ठहर छ । 

भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानुन, नियमावली बनेको भए पनि लागू हुन नसकेको उनले बताए । 

गौतमले प्रकृतिमा रहेका सबै प्राणीहरूको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्ने बताए । 

राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो योगदान रहने जनाए । 

एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । 

बैठकमा बोल्दै, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कोभिड– १९ पछि बजार भाउ अत्यन्तै महँगिएको भन्दै बजार अनुगमन आवश्यक रहेको औँल्याए । 

उनले सार्वजनिक यातायात सरकारले भनेअनुरूप सञ्चालन भइरहेका छन् कि छैनन् ? भन्दै त्यसको पनि अनुगमन गर्नुपर्ने माग गरे ।