मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष २९ बुधबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २९ बुधबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका ११ एसपीको एसएसपी बढुवामा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २९ बुधबार १८:o८:oo

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)को वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस भएको छ । बुधबार बसेको गृहसचिव अध्यक्षताको बढुवा सिफारिस समितिले सिनियर एसपीहरूको बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेहरूमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसूदन लुइँटेल र मोहनप्रसाद पोख्रेल छन् । 

बढुवा सिफारिस समितिले सिफारिसउपर एक साताभित्र उजुरी दिन सूचना प्रकाशन गरेको छ ।