१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २९ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २९ बुधबार १५:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको ‘नौटंकी’का पछाडि कोही लाग्नेवाला छैन : प्रचण्ड  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २९ बुधबार १५:o५:oo

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको ‘नौटंकी’का पछाडि कोही नलाग्ने दाबी गरेका छन् । 

बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली नौटंकी र राजनीतिक जोक्करमा परिणत भएको बताए ।  

उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनपछि राष्ट्र र जनतामा देखापरेको संकटलाई समाधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए।

‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हसाउनका लागि कमेडी साे गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसलाई दिग्भ्रमित पार्ने, उद्वेलित पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समाधान गर्ने उपायबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कने उपायबारे छलफल गर्ने उपस्थित भएका छौँ।’

‘देश र जनतासामु आइपरेको संकट समाधानका लागि जुटेका हौँ । हामी गम्भीर छौँ । हाम्रै आँखाअगाडि संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ । हाम्रै पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षबाट संविधानमाथि प्रहार भएको छ’ उनले भने, समावेशी, लोकतन्त्र एम्बुसमा परेको छ । त्यसको छलफल गर्न जुटेका छौँ । केपी ओलीको ‘नौटंकी’ को पछाडि कोही लाग्नेवाला छैन । केपी ओली राजनीतिक जोक्करमा परिणत भए । प्रहसन, विक्षिप्त मानसिकताको परिणाम हो ।  तपाईंहरु ढुक्क हुनुस्, सूर्य चिन्न र नेकपा हाम्रै हुन्छ । नत्र कयामत आउँछ । आँधीबेहरी आउछ ।'