१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २९ बुधबार
  • Friday, 04 July, 2025
२o७७ पौष २९ बुधबार o९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २९ बुधबार o९:३६:oo

डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका- ८ तिलतालीनजिक अटो दुर्घटना भएको हो । सातजना बोकेर शिखर नगरपालिका- १० बानेडुग्रीसैनबाट दिपायल आउँदै गरेको अटो मंगलबार राति ८ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी शिखर नगरपालिका- ३ का ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।

घाइते हुनेमा शिखर नगरपालिका- ३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटोचालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जित जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते चारजनामध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ भने दुईजनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । अटोमा सवार दुईजना भने सकुशल छन् ।