१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ पौष २७ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता : अनिल र ध्रुवको जोडी बन्यो पहिलो 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ पौष २७ सोमबार १२:२३:००

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजित खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा अनिल बुढा र ध्रुवविक्रम थापाको जोडीले जित हात पारेको छ । 

मुसिकोट नगरपालिका– १, खलंगास्थित बालमन्दिरमा सोमबार भएको फाइनल खेलमा सानीभेरी गाउँपालिकाका कविन्द्र पुन र हेमन्त रोकायाको जोडीलाई २–० को सोझो सेटमा हराउँदै अनिल र ध्रुवको जोडी पहिलो भएको हो । 

विजेता अनिल र ध्रुवको जोडीले २१ हजार एक सय २१ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कविन्द्र र हेमन्तको जोडीले भने ११ हजार एक सय ११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । 

आजै भएको पहिलो सेमिफाइनलमा विशाल विष्ट र अविनाश केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै अनिल र ध्रुवको जोडी फाइनल प्रवेश गरेको हो ।

यस्तै डम्बर थापा र भावेश बोहराको जोडीलाई २–० कै सोझो सेटमा हराएर कविन्द्र र हेमन्तको जोडीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । सेमिफाइनलसम्म पुग्ने विशाल र अविनाश तथा डम्बर र भावेशको जोडीले समान पाँच हजार पाँच सय ५५ रुपैयाँ नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी ध्रुवविक्रम थापा र इमर्जिङ प्यलेयर गोपाल कठायत घोषित भए । सिर्जनशील युवा सञ्जाल नेपालले आयोजना गरेको प्रतियोगितामा रुकुमपश्चिम, पूर्व जाजरकोट, रोल्पा र सल्यानका गरी ५४ टिमले सहभागिता जनाएका थिए । जसमा रुकुम पश्चिमका मात्र ४४ वटा टिम थिए । प्रतियोगिता २४ गतेबाट सुरु भएको थियो । ब्याडमिन्टन खेलको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विशाल विष्टले बताए ।