मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २५ शनिबार १८:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको गृहजिल्लामा पूर्वराजाको सक्रियता (फोटोफिचर र भिडियोसहित)

Read Time : > 1 मिनेट
२०७७ पौष २५ शनिबार १८:२२:००

देशमा राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन् । सार्वजनिक कार्यक्रममा विरलै देखिने पूर्वराजा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको एक सार्वजनिक कार्यक्रममा शनिबार सहभागी भए । यद्यपि, उनले भाषण भने गरेनन् । 

भद्रपुर–२ स्थित गौरीशंकरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा हिमानी ट्रस्टले आयोजना गरेको राहत वितरण कार्यक्रममा उनी सहभागी भएका हुन् । कार्यक्रमस्थलमा उनी करिब एक घन्टा रहे । उक्त कार्यक्रममा शाहसँगै पूर्वयुवराज्ञी हिमानी र छोरा हृदयेन्द्र पनि सहभागी भएका थिए । कार्यक्रममा सहभागी पूर्वराजाले जातीय पहिरनमा सजिएका बालिकाहरूलाई स्टेजमै बोलाएर केहीबेर सँगै बसे ।

पूर्वराजा आएपछि विद्यालय परिसरमा भेला भएका राजावादीहरूले उनको पक्षमा नारा लगाएका थिए । एक महिनाअघि झापामा राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै भएको प्रदर्शनमा समर्थनको बाक्लो उपस्थिति भएपछि उनी राजा समर्थक झापाली नेताहरूसँग खुसी थिए । पूर्वराजा शाह दुई सातादेखि झापामै छन् । उनी दमकस्थित हिमालय महालक्ष्मी चियाबगानभित्र रहेको मिनी दरबारमा बस्दै आएका छन् । उनी प्रत्येक वर्ष काठमाडौंको जाडो छल्न झापा आउने गरेका छन् । 

हिमानी ट्रस्टको सहयोग
हिमानी शाह अध्यक्ष रहेको हिमानी ट्रस्टले भद्रपुर–२ गौरीशंकरका विपन्न वृद्धवृद्धा र सिंहदेवी आधारभूत विद्यालयका बालबालिकालाई सहयोग गरेको छ । ट्रस्टकी अध्यक्ष शाहले विद्यालयका ६५ जना विद्यार्थीलाई जाडोको ज्याकेट र पौष्टिक खानेकुरा उपलब्ध गराएकी थिइन् । यस्तै, ३० जना वृद्धवृद्धालाई जाडोबाट जोगिन स्लिपिङ ब्याग उपलब्ध गराइन् ।