१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २५ शनिबार १६:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको सनकले जनताको अधिकार कुण्ठित गर्ने दुष्प्रयास : कांग्रेस प्रवक्ता शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २५ शनिबार १६:४४:००

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको सनकले जनताको अधिकार कुण्ठित गर्ने दुष्प्रयास भएको बताएका छन् । उनले शासकको सनक र जनताको सपनाको बीचमा द्वन्द्व भइरहेको बताएका छन् ।

उनले अमेरिकी राष्ट्रपति ट्रम्प र ओलीका समानता केलाए । भने,-ट्रम्प बिदाइ भए, अब ओलीलीको पालो आएको छ । पल्लो कुनामा ट्रम्पवादले बिदाइ लिएको छ र वल्लो कुनामा भ्रमवादको अन्त्यको सुरुवात भएको छ । 

प्रधानमन्त्रीले धनगढी पुगेर संविधान पढ्न भनेको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीले नै संविधान पढ्न आवश्यक रहेको देखिएको भन्दै संविधान उपहार पठाएका छन् । उनले प्रेस युनियन काठमाडौंका सभापति जगन्नाथ दुलालमार्फत निर्मला पन्त, राजु सदा र सूर्यबहादुर तामाङको तस्बिरसमेत राखेर प्रधानमन्त्रीलाई उपहार पठाएका छन् ।