Skip This
सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २५ शनिबार
  • Saturday, 27 July, 2024
२o७७ पौष २५ शनिबार १o:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २५ शनिबार १o:oo:oo

डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु

सप्तरीको खडक नगरपालिका-४ अमहा गाउँ जिकै जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । जंगली बँदेलले बालीनाली खाइदिन थालेको भन्दै गहुँबाली जोगाउन तारको घेरामा छोडेको विद्युतीय करेन्ट लागेर शुक्रबार राती जंगली भाले हात्ती मरेको डिभिजन वन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

जंगली बँदेलको समूहले गहुँबाली खाइदिन थालेपछि खेत वरिपरि मसिनो फलामे तारको घेरा हालेर करेन्ट प्रवाह गरेकाले त्यसमा परेर गएराित करिब सवा १० बजेतिर हात्ती मरेको हो। 

‘जंगली बँदेल, नीलगाईजस्ता जनावरले खेतबारीमा लगाएको बालीनाली खाएर नष्ट गरिदिन थालेपछि तारको घेरा हालेर करेन्ट प्रवाह गरिएको थियो’ स्थानीय किसानले भने ‘त्यसमा परेर जंगली हात्ती मरेछ ।’ मरेको हात्ती हेर्न शनिबार बिहानदेखि नै स्थानीय गाउँलेको भिड लागेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोना र नेपाली सेनाको टोलीले घटनास्थल घेरा हालेर राखेको छ । सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष झासहितको टोली हात्ती मरेको खवर पाएपछि शनिबार बिहानै घटनास्थल आएका छन् ।  घटनास्थलको प्रकृति र मुचुल्का उठाएपछि पशु चिकित्सकमार्फत पोस्टमार्टम गरी त्यहीँ खाल्डो खनेर हात्तीलाई गाडिने डिभिजन वन अधिकृत झाले बताए । 

‘जिल्लास्थित भेटेरिनरी कार्यालयमा हात्तीको पोस्टमार्टमका लागि पत्राचार गरिएको छ’ उनले भने ‘आज शनिबार भएकाले पोस्टमार्टम नहुन पनि सक्छ, तर सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षमा पनि आवश्यक सहयोगका लागि पत्राचार गरेको छु ।’ पशु चिकित्सकको टोली आएपछि आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि त्यहीँ खाल्डो खनेर मृत हात्तीलाई गाड्ने तयारी गरिएको झाले जानकारी दिए । 

गत मंसिरको पहिलो सातादेखि सप्तरीको पश्चिम–उत्तरी भेगका गाउँबस्तीमा पाँचवटा जंगली हात्तीको समूहले आतंक मच्चाउँदै आएको छ । मरेको हात्ती त्यहीमध्येको हुन सक्ने अनुमान गरिएको छ । 

योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । यसअघि सप्तरीकै कञ्चनरुप नगरपालिकामा मंसिर ७ गते एउटा हात्तीको पनि करेन्ट लागेर नै मृत्यु भएको थियो।