Skip This
महान्यायाधिवक्ता अग्नि  खरेलको भिडियो सार्वजनिक ‘सरकार बनाउने विकल्प भएसम्म  चुनाव हुँदैन’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २५ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २५ शनिबार o६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महान्यायाधिवक्ता अग्नि  खरेलको भिडियो सार्वजनिक ‘सरकार बनाउने विकल्प भएसम्म  चुनाव हुँदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २५ शनिबार o६:o५:oo

संविधानसभा अध्यक्ष सुवास नेम्वाङपछि महान्यायाधिवक्ता अग्नि खरेलको पनि विभिन्न विकल्पमा नगई संसद् विघटन गर्न नसकिने व्यवस्था संविधानले गरेको अभिव्यक्तिसहितको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा आएको भिडियोमा उनले भनेका छन्, ‘बहुमत भयो ठीक छ । दुई पार्टी मिले त्यो पनि ठीक छ । दुई पार्टी मिलेन, ठूलो दलले पनि सरकार गठन गर्न सकेन । अब कहाँ जाने त ? एकैपटक संसद् विघटन गर्ने ? दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् भने फेरि मौका दिने । फेरि मौका दिँदा पनि तीस दिनभित्र विश्वासको मत हासिल गर्न सकेन भने त्यहाँनेर मात्रै चुनाव हुने अवस्था संघीय सरकार, संघीय संसद् र प्रादेशिक संसद्को हकमा पनि त्यही व्यवस्था गरेका छौँ ।’

खरेल ०६४ र ०७० मा संविधानसभाका सदस्य थिए । ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी २८ फागुन ०७४ मा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले १७ महिनाअगाडि बोलेको यस्तै प्रकृतिको भिडियो सार्वजनिक भएको थियो ।