१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटन रहर र लहडले भएकाे होइन : खिमलाल भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले प्रधनमन्त्रीको कदमको रक्षा गर्दै कुनै पनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनतामाझ नजाने बताएका छन् ।

प्रतिनिधिसभाको विघटन रहर र लहडले नगरिएकोसमेत उनले बताए । आज राष्ट्रियसभा बैठकको विशेष समयमा उनले भने, ‘प्रधानमन्त्रीबाट गरिएको प्रतिनिधिसभाको विघटन र चुनावको तिथिमितिको घोषणालाई लिएर समाजमा विभिन्न ढंगले बहस र विश्लेषण गर्ने गरिएको छ । बहस, विश्लेषण गरिनु स्वाभाविक हो । मुलुको समग्र राजनीतिक र राजनीतिका अंग–प्रत्यंगहरू यसबाट तरंगित भएका छन् । तर, कतिपय पार्टी, व्यक्ति र समूहहरूले प्रधानमन्त्रीको यस कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाहीतर्फको यात्राका रूपमा अर्थ्याउने र जनतालाई भ्रमित गर्ने कोसिस गरेको देखिन्छ । यो आग्रहपूर्ण दृष्टिकोण हो । कुनै पनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैन ।’