१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेम्वाङले भनेका थिए- प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने गरी संविधानमा व्यवस्था नै राखेनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:४१:oo

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे नबोलिरहेका वेला प्रतिनिधिसभा विघटन गर्न नपाइने भनेर उनैले विगतमा बोलेको भाषण सार्वजनिक भएको छ ।

युएनडिपी र संसद् सचिवालय २०७६ साल साउन ४ गते धुलिखेलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने बताएका थिए ।

नेम्वाङले अहिलेसम्म प्रधानमन्त्रीको कदमलाई सही वा गलत भनेर टिप्पणी गरेका छैनन्। बरु, अदालतमा विचाराधीन विषयमा नबोल्ने बताइरहेका छन् ।

धुलिखेलको कार्यक्रममा नेम्वाङले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताएका थिए ।

उनले त्यसवेला भनेका थिए, 'अहिले प्रधानमन्त्रीले विघटन गर्न सक्ने हामीले संविधानमा व्यवस्था नै राखेनौँ । हामी संविधानमा अलिकति अगाडि भएमा बाहेक संविधानमा यो दिनमा निर्वाचन गर्ने भनेर राख्न खोजेका थियौँ । तर, त्यही दिन भनेर राख्दा एक दिन पनि तलमाथि पर्‍याे भने संवैधानिक अप्ठ्यारो आउँछ भने हामीले त्यो गरेनौँ । अहिलेको संवैधानिक व्यवस्था भनेको आवधिक निर्वाचन १५/२० दिन अगाडि पछाडिको कुरा होला, तर आवधिक निर्वाचन ठ्याक्कै पाँच वर्षमा चुनाव हुन्छ ।'

ad
ad