Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २१ मंगलबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधीको प्रतिनिधि पात्र : योगेश भट्टराई [भिडियाेसहित]

Read Time : < 1 मिनेट
२०७७ पौष २१ मंगलबार १४:४६:००

नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली पश्चगमन, गणतन्त्र र  संघीयताविरोधीको प्रतिनिधि पात्र बनेको आरोप लगाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् । 

सो क्रममा उनले पूर्वएमाले र पूर्वमाओवादी ध्रुवीकृत हुने कुराले मुलुकलाई शान्तिसम्झौताअगाडिको द्वन्द्वको अवस्थामा पुऱ्याउने र समाजलाई पछाडि धकेल्ने बताए । यस्तै उनले प्रदेश विघटन र संकटकाल घोषणा गरिए लोकतान्त्रिक अधिकार कुण्ठित हुने र तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रवृत्तिको पुनरावृत्ति हुने खतरा पनि औँल्याएका छन् ।