निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १३ सोमबार
  • Monday, 27 June, 2022
२०७७ पौष २१ मंगलबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिन्द्रा गाडी खरिद गर्न माछापुच्छ्रे बैंकले ऋण दिने

Read Time : < 1 मिनेट
२०७७ पौष २१ मंगलबार ०६:२५:००

माछापुच्छ्रे बैंक लिमिटेड र महिन्द्रा ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यावसायिक सम्झौता भएको छ । महिन्द्रा ब्रान्डका गाडीहरू खरिद गर्नका लागि माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको हो । 

सम्झौतामा अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयमार्फत अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज र सरल रूपमा सेवा प्रदान गर्ने 
जनाइएको छ । 

बैंकले देशभरमा १ सय ६० शाखा, १ सय ४८ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर, १ सय ९८ एटिएम तथा १ हजारभन्दा बढी पिओएसमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।