निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २७ शुक्रबार
  • Friday, 12 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २० सोमबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकले वैदेशिक रोजगारीबाट फर्किएकालाई १० लाखसम्म कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २० सोमबार ०६:१४:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

 विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यले सम्झौता गरेको बैंकले जनाएको छ । मिहिनेत गर्न सक्ने उमेर, जोस–जाँगर, विदेशबाट आर्जित सीप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने बैंकले विश्वास व्यक्त गरेको छ ।

विदेशमा रहँदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति–नियम र प्रणालीसँग परिचित नहुनुजस्ता समस्याबाट स्वदेश फर्किएका युवा अन्योलमा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यावसायिक तालिम, अभिमुखीकरण परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताबारे जानकारी नहुनुले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको देखिएकाले यस सम्झौताले यी समस्या समाधानमा सहज हुने बैैंकले जनाएको छ  । बैंकले देशभरमा १ सय ९ शाखा, ९८ एटिएम र १ सय ६ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।