मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १४ शुक्रबार
  • Friday, 26 February, 2021
शिल्पा कर्ण काठमाडौं
२०७७ पौष १७ शुक्रबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उखु किसानलाई एक महिनाभित्र भुक्तानी गर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ पौष १७ शुक्रबार ११:३६:००

सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र उखु खरिद गरेको रकम भुक्तानी गराउन सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो । 

अधिवक्ता पुण्यप्रसाद खतिवडालगायतले पुस १२ मा दायर गरेको  रिटउपर आएको आदेशमा कृषिप्रधान देशमा कृषकले भोगेको समस्या र सामाजिक न्यायसँग प्रत्यक्ष सरोकार राख्ने विषय रहेको बताइएको छ । किसानले आफूले बिक्री गरेको सामानको मूल्य नपाएको विषय संविधानको मौलिक हकसँग जोडिएको सर्वोच्चको ठहर छ । 

आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त रहेको भन्दै सर्वोच्चले भनेको छ, ‘उखु उत्पादन गर्ने किसानले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाडौंसम्म भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार र धर्ना गर्नुपर्ने स्थिति आफैँमा अन्यायपूर्ण मात्र नभएर लोककल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले आजको मितिले एक महिनाभित्र अनिवार्य रूपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट किसानहरूलाई भुक्तानी दिनू, दिलाउनू ।’

सर्वोच्चबाट जारी आदेशमा कृषकले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएरसमेत खेती गरेको तर उखु बेचेबापतको भुक्तानी नपाउँदा ऋणको बोझ लिएर बस्नुपर्दा किसानको सम्मानपूर्वक बाँच्ने हकबाट वञ्चित भएको उल्लेख छ । ‘आफ्नो उत्पादनको तत्काल मूल्य नपाउनु र त्यही कच्चा पदार्थ उखुबाट उत्पादन हुने चिनीलगायतका अन्य उत्पादित वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ठूलो माग हुनुले उखु उत्पादक कृषकहरू चरम अन्यायमा परिरहेको जोकोहीले स्पष्ट देख्न सक्ने अवस्था छ,’ आदेशमा भनिएको छ । 

उखु किसानसँग पुस १३ मा सरकारले २१ दिनभित्र भुक्तानी रकम दिलाउने गरी सम्झौता गरेको थियो । किसान आफूले बेचेको उखुको मूल्य पाउनुपर्ने भन्दै मंसिर २८ देखि राजधानी आएर आन्दोलन गरिरहेका थिए ।