१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
अजित अधिकारी काठमाडौं
Invalid date format o८:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनुषामा इन्धन बाेकेकाे ट्यांकर दुर्घटना, चालकको मृत्यु

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

तराईमा बढ्दो कुहिरोका कारण तेल बोक्ने ट्यांकर दुर्घटना बढ्न थालेको छ । बुधबार बिहान करिब ४ बजे भएको दुर्घटनामा एक चालकको मृत्युसमेत भएको छ ।

पूर्वाञ्चल पेट्रोलियम ट्यांकर ढुवानी संघका अध्यक्ष गुणराज निरौलाका अनुसार निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जबाट २० हजार लिटर तेल बोकेर विराटनगर डिपोतर्फ गइरहेको ट्यांकर धनुषाको धारापानीमा बुधबार बिहान दुर्घटना भएको हो । 

‘तराईमा यति वेला बाक्लो हुस्सु छ । अगाडिको बाटो देखिन नै मुस्किल हुन्छ । जसकारण राति तेल बोकेर विराटनगर गइरहेको को.१ख २३३८ नम्बरको ट्यांकर विपरीत दिशाबाट आइरहेको ट्रकमा ठोक्किन पुगेको जानकारी पाएको छु,’ उनले भने, ‘दुर्घटनामा परी चालक अर्जुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।’ उनका अनुसार ट्यांकर पल्टन नपाएकाले तेलमा कुनै क्षति भएको छैन ।

तराईमा हुस्सु बढे पनि तेल बोकेर नियमित रूपमा ट्यांकरहरू चलिरहनुपर्ने बाध्यता छ । देशभरका डिपो र पेट्रोलपम्पसम्म ट्यांकरले नै नियमित रूपमा तेल ओसार्ने गरेका छन् । एउटा डिपोबाट अर्को डिपोमा रातको समयमा नै तेल ढुवानी हुने गरेको छ । जसकारण डिपोहरूले बिहानबाटै पम्पमा तेल दिएर आपूर्ति सहज गर्न मद्दत मिलिरहेको छ । 

ढुवानी व्यवसायी निरौलाका अनुसार मंगलबार साँझसमेत सप्तरीमा अर्को ट्यांकर दुर्घटना भएको थियो । ‘विराटनगरबाट तेल लिनका लागि अमलेखगन्ज जाँदै गरेको ना.४ख ८३५४ नम्बरको खाली ट्यांकर सप्तरीमा पल्टिएको थियो । दुर्घटनामा ठूलो क्षति केही भएन, ट्यांकरमा सामान्य क्षति भएको छ,’ निरौलाले भने । बाक्लो हुस्सुले अगाडिको बाटो प्रस्ट नदेखे पनि गाडी चलाउनुपर्ने बाध्यताका कारण दुर्घटना भएको उनले बताए ।

‘अगाडिको खाल्टो वा कुनै वस्तुलाई जोगाउन खोज्दा ट्यांकर अनियन्त्रित भई पल्टेको हो,’ उनले भने । तराईमा यतिवेला साँझ, बिहान र राति बाक्लो हुस्सु लाग्ने भएकाले राजमार्गको यात्रा कठिन बन्दै गएको छ ।