मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १४ मंगलबार ११:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले देशभर विरोध सभा गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १४ मंगलबार ११:२१:००

संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विराध सभा गर्दै छ । 

सरकारले असंवैधानिक रूपमा संसद् विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले विरोध कार्यक्रम गर्न लागेको हो । 

काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट जुलुस सुरु भएको छ । 

विभिन्न स्थानबाट आउने जुलुस भृकुटीमण्डपमा पुग्ने र त्यहाँ विभिन्न शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । 
काठमाडौंको विरोध सभालाई बृहत् बनाउने नेताहरूले जनाएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सदर गरेसँगै संघीय प्रतिनिधिसभा विघटन भइसकेको छ । यसका विरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन अवस्थामा चलिरहेको छ । 

नेकपा प्रचण्ड–नेपाल समूहले यो कदम असंवैधानिक भएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।