मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १३ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १३ सोमबार २o:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा अध्यक्ष भट्टराई र चिनियाँ उपमन्त्री गुओबीच भेटवार्ता, के–के भयो कुराकानी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १३ सोमबार २o:५७:oo

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ येझाउबीच भेटवार्ता भएको छ । भट्टराईनिवास टोखामा साँझ भएको भेटमा उपमन्त्री गुओले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी लागेको बताएका थिए । 

उपमन्त्री गुओले आफूहरू २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए । यो सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरूबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरू नेपाल आएको पनि उनले बताएको भट्टराईको सचिवालयले बताएको छ । 

हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारेका छन् । भेटमा गुओले भट्टराईसँग नेपाल–चीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताएको भट्टराईको सचिवालयले जनाएको छ ।