मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १३ सोमबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले आज देशभर विरोध सभा गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १३ सोमबार ११:१०:००

नेपाली कांग्रेसले आज देशभर विरोध सभा गर्दै छ । 

देशका सबै संसदीय निर्वाचन क्षेत्रमा संसद् विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो । 

सभापति शेरबहादुर देउवाले भक्तपुरमा आयोजित सभालाई सम्बोधन गर्नेछन् । नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा आयोजित सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । 

त्यसैगरी, नेता प्रकाशमान सिंह श्रेष्ठले काठमाडौंको कोटेश्वरको सभालाई सम्बोधन गर्दै छन् । प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको नयाँ बानेश्वरको सभा र नेता गगन थापाले नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । 

कांग्रेसले प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विरोध कार्यक्रम आयोजना गरेको हो ।