मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा मसालले पनि सार्वजनिक गऱ्याे देशव्यापी संघर्षका कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४९:oo

नेकपा (मसाल)ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयको बैठकले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि देशव्यापी संघर्षको कार्यक्रम तय गरेको महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गरेर जानकारी दिए । 

मुख्य माग विघटित प्रतिनिधिसभाको पुनर्स्थापना नै हुने सिंहले बताए । तर, विगतदेखि उठाउँदै आएका गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टचारको विरुद्ध संघर्षको नारालाई पनि अगाडि बढाउँदै लैजाने उनको भनाइ छ । 

१९ पुसमा संघर्षको तयारीका लागि प्रचारात्मक कार्य गर्ने, प्रदेशस्तरमा भर्चुअल कार्यशालाहरूको आयोजना गरेर आन्दोलनको पक्षमा बढीभन्दा बढी प्रचार र तयारी गर्ने मसालले जनाएको छ । १९ पुससम्म पार्टी, वैधानिक मोर्चा वा जनवर्गीय संगठनहरूले पनि विभिन्न स्तरका बैठकहरू गरेर संघर्षका लागि आवश्यक तयारी गर्ने भएका छन् । 

२० पुसमा सबै जिल्लामा संघर्षका कार्यक्रम आयोजना गरिने भएको छ ।  संघर्षका कार्यक्रम विभिन्न जिल्लाले आफ्नो स्थितिअनुसार निश्चित गर्ने सिंहले बताएका छन् । सभा, जुलुस, मोटरसाइकल ऱ्याली, कोणसभा, पर्चा वितरण, मसाल जुलुस आदि हुने उनले बताए । 

२० पुसपछि माघ मसान्तसम्म पालिका र वडा तहसम्म बढीभन्दा बढी प्रचारात्मक र संघर्षका कार्यक्रमको परिचालन गर्ने, पालिका वा वडास्तरका कार्यक्रमबाहेक विभिन्न स्तरमा अन्य कार्यक्रम पनि सञ्चालन गर्न सकिने सिंहले बताएका छन् । 

वैधानिक मोर्चा र जनवर्गीय संगठनहरूले २० पुस वा त्यसपछि माघभरि आफ्नो स्वतन्त्र पहलकदमीमा वा आपसमा मिलेर विभिन्न स्तरमा संघर्षका कार्यक्रम सञ्चालन गर्न सक्ने बताइएको छ । 

राजावादीलाई छाडेर संसद्को विघटनका विरुद्ध संघर्षमा उत्रने विभिन्न पार्टी, संगठन वा जनवर्गीय संगठनहरूको स्तरमा पनि कार्यक्रमहरूको सञ्चालन गर्न सकिने, तर मुख्य जोड आफ्नो बेग्लै र स्वतन्त्र कार्यक्रमहरूमा नै दिनुपर्ने सिंहले बताएका छन् ।