मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १० शुक्रबार ०५:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सर्वोत्तम सिमेन्टद्वारा पोखराका ठेकेदारलाई सिमेन्ट प्रयोगबारे जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १० शुक्रबार ०५:५२:००

सर्वोत्तम सिमेन्ट लिमिटेडले पोखरामा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार)हरूलाई सिमेन्टको सही प्रयोगबारे जानकारी दिएको छ । कम्पनीले ‘बलियो सम्बन्ध, सर्वोत्तम विश्वास’का साथ सिमेन्टको सही प्रयोगबारे जानकारी 
दिएको हो । 

कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन्छ भन्ने विषयमा जानकारी दिएको कम्पनीले जनाएको छ । कार्यक्रममा १ सय ५० ठेकेदार उपस्थित रहेको जनाइएको छ ।  

कम्पनीले युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग भएको दाबी गरेको छ । यसले ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आएको जनाइएको छ । नवलपरासीमा रहेको यस उद्योगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिन रहेको र छिट्टै ६० हजार बोरा पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।