पार्टी सभापति शेरबहादुर देउवाले आन्दोलनमा जान आनाकानी गरेपछि नेपाली कांग्रेसमा रामचन्द्र पौडेल पक्षले आन्दोलनका कार्यक्रम तय गरेको छ ।
समूहको आज अनामनगरमा बसेको बैठकले तय भएको कार्यक्रमलाई कार्यसमिति बैठकमा छलफलका लागि पेस गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकले तीनदिने आन्दोलनको मोडालिटी तयार पारेको छ ।
१३ गते सुरु हुने आन्दोलनमा भ्रातृ संगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्नेदेखि देशभर शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
पौडेल समूहको उक्त बैठकमा सिटौला समूहका नेताहरू गगन थापा र प्रदीप पौडेलको पनि उपस्थिति रहेको थियो ।
बैठकम धारणा राख्दै नेता प्रदीप पौडेलले प्रचण्ड–नेपाल समूह कांग्रेसको साथ माग्दै पछि लाग्न आउँछन् भने सँगै लिएर हिँड्नुपर्ने धारणा राखेका थिए।