१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष ३ शुक्रबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता पौडेलसँग प्रचण्ड र नेपालको आग्रह– देउवालाई रोकिदिनुस्

Read Time : < 1 मिनेट
२०७७ पौष ३ शुक्रबार १९:३६:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका वेला प्रचण्ड र नेपालले पौडेलसँग भेटेका हुन् । 

भेटमा प्रचण्ड र नेपालले प्रधानमन्त्री केपी ओलीले हठात् अध्यादेश ल्याएर संवैधानिक परिषद् बैठक बोलाउनुको पछि कांग्रेस सभापति देउवाको भूमिकामाथि प्रश्न उठाएका थिए । उनीहरूले भनेका थिए,  ‘प्रधानमन्त्रीले अध्यादेश जारी गरेर संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा देउवाजीको भूमिका शंकास्पद छ, हामी पार्टी फुटबाट जोगाउन लागेका छौँ, तपाईंले देउवाजीलाई रोकिदिनुस् ।’ 

स्राेतका अनुसार प्रचण्ड र नेपालले पार्टीभित्र ओलीले जुनसुकै वेला दुर्घटना निम्त्याउन सक्ने भन्दै त्यसपछिको राजनीतिक समीकरणका विषयमा समेत पौडेलको धारणा जान्न चाहेका थिए ।