१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य सामग्री खरिद प्रक्रिया छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउन लेखा समितिले अख्तियार गुहाऱ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:४९:oo

संसद्को लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न अख्तियारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

समितिको आज बसेको बैठकले अख्तियारलाई यस प्रकरणलाई छानबिन गरी सम्बन्धित पदाधिकारीहरूमाथि कारबाही अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको हो । 

समितिले यस प्रक्रियामा संलग्न सम्भावित दोषी सम्बन्धित पदाधिकारीहरूलाई छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन अख्तियारलाई आग्रह गरेको छ । 

समिति बैठकमा उपस्थित भएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले छलफलका क्रममा खरिद प्रक्रियामा अनियमितता नभएको भन्दै बचाउ गर्ने प्रयास गरेका थिए । 

उनले भने, ‘औषधि खरिदमा अनियमितता गरेका छैनौँ । यसबारेमा भुक्तानी पनि दिएका छैनौँ र ओम्नी समूहको जमानत पनि जफत गऱ्याैँ तथा उसलाई कालोसूचीमा पनि राख्यौँ । त्यसैले  यस प्रक्रियामा कुनै पनि शंका गर्ने ठाउँ छैन ।’

ad
ad