१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका वीरेन्द्रनगर
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा ७.५ प्रतिशतको पिसिआर कोरोना परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

कर्णाली प्रदेशमा ९४ हजार पाँच सय १५ जनाको पिसिआर कोरोना परीक्षण गरिएको छ । 

कर्णाली प्रदेशको कुल जनसंख्या १५ लाख ७० हजार चार सय १८ मध्ये कर्णाली प्रदेशमा ९४ हजार पाँच सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । यो कुल जनसंख्यामध्ये ७.५ प्रतिशतको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षण गरिएकामध्ये सात हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको, शून्य दशमलव तीन प्रतिशतको मृत्यु भएको, ९३.५ प्रतिशत निको भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

‘कर्णालीमा हालसम्म २२ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘६ हजार ६ सय ७५ जनामा कोरोना संक्रमण निको भएको छ । हाल कर्णालीमा चार सय २८ जना सक्रिय संक्रमित छन् ।’ 

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा सुर्खेतमा तीन हनार ६९, दैलेखमा एक हजार ६ सय ४२, जाजरकोटमा एक सय ४१, सल्यानमा ६ सय ३५, रुकुमपश्चिममा दुई सय ५१, जुम्ला तीन सय २२, हुम्लामा ५६, मुगुमा ४१, डोल्पामा १६, अन्य प्रदेशका पाँच सय ५० र भारतमा पाँचजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

कर्णालीमा महिलाभन्दा पुरुषमा बढी कोरोनाको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णालीमा कोरोना पुष्टि भएकामध्ये १९ सय १० जना महिला र ५२ सय १५ जना पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७३ प्रतिशत पुरुष र २३ प्रतिशत महिलामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार कालिकोट जिल्लाबाहेक अन्य जिल्लामा हाल कोरोना संक्रमित छन् ।