मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ पौष १ बुधबार
  • Wednesday, 02 September, 2026
२o७७ पौष १ बुधबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे दुई किलो अफिमसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १ बुधबार १४:२७:oo

लागुऔषध अफिमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरपालिका– ३ गरेलाका  ५३ वर्षीया गोरख कुसारीलाई पक्राउ गरेको हो । 

लागुऔषध ब्युरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई मंगलबार दिउँसो पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘विशेष सुराकीको आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो,’ सहप्रवक्ता श्रेष्ठले भने, ‘खानतलासी गर्दा दुई किलो सात सय ग्राम लागुऔषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिइएको हो ।’

नियन्त्रण लिइएका कुसारीमाथि अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।