मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर २९ सोमबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २९ सोमबार o९:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंका मेयर शाक्यको गुनासो : नकारात्मक हेडलाइनका कारण धेरै गाली खानुपर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २९ सोमबार o९:१९:oo

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आउने नकारात्मक सन्देश दिने किसिमका हेडलाइनका कारण धेरै गाली खानुपरेको गुनासो गरेका छन् । 

महानगरको २६औँ स्थापना दिवसका अवसरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्र्दैै मेयर शाक्यले भने, ‘कतिपय राम्रा समाचारका नकारात्मक सन्देश दिने हेडलाइनका कारण कमेन्टमा धेरै गाली खाइरहेका छौँ ।’

उनले सकारात्मक समाचारमा समेत पाठकको ध्यान तान्न मिडियाले राख्ने हेडलाइनका कारण समस्या हुने गरेको गुनासो गरे । ‘मिडिया धेरै हुनु त राम्रो हो, महानगरबारे समाचार आइरहनु पनि ठीकै हो, तर पाठकले हेडलाइन मात्रै पढ्ने र प्रतिक्रिया जनाउने गर्दा समस्या हुँदोरहेछ,’ मेयर शाक्यले भने । 

उनले काठमाडौं महानगर देशकै राजधानी सहर भएको र धेरै काम संघीय सरकारका मन्त्रालयसँग जोडिने भएकाले योजना बनाए पनि समयमा सञ्चालन गर्न मुस्किल परिरहेको बताए । ‘महानगरभित्र सडक नबन्दा जनताले हामीलाई गाली गर्छन्, तर सडक बनाउने निकाय सडक विभाग छ, मन्त्रालय छ,’ मेयर शाक्यले भने, ‘विद्युत्, खानेपानी, ढल, सम्पदा पुनर्निर्माण र अन्य काममा पनि उस्तै अवस्था छ ।’ उनले विकसित देशहरूमा महानगरअन्तर्गत नै सबै निकायहरू हुने र एकीकृत विकासका लागि सहज हुने गरेको सुनाए । 

काठमाडौंलाई रातमा पनि उज्यालो बनाउन सबै सडकमा हाइमास बत्ती जडान गर्ने कार्यक्रम ल्याएको बताए । ‘थुप्रै चुनौतीका बाबजुद संघ र प्रदेश सरकारसँग समन्वय गरेर काठमाडांैलाई सुन्दर र आधुनिक सांस्कृतिक सहर बनाउन लागेका छौँ,’ उनले भने । 

२९ मंसिर, ०५२ मा स्थापना भएको काठमाडौं महानगरपालिकाले सोमबार २६औँ स्थापना दिवस मनाउँदै छ । दिवसको सन्दर्भमा पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले महानगरले ‘मिर्गौला बचाऊ अभियान’ सञ्चालन गर्न लागेको बताए ।