१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format o७:३४:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

एसिड प्रहार गर्ने र  बेच्नेविरुद्ध तीन कसुरमा मुद्दा

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o७:३४:oo

पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने युवक र एसिड बिक्री गर्ने पसलेविरुद्ध तीन कसुरमा जिल्ला अदालत, धनुषामा मुद्दा दर्ता गरिएको छ । जनकपुरधाम उपमहनगरपालिका–१२ का सञ्जीव साहले २९ कात्तिकमा पत्नी आरतीमाथि एसिड प्रहार गरेका थिए । आरतीसँगै रहेकी तीन वर्षीया छोरीको जिउमा पनि एसिड परेको थियो । यसमा मुख्य अभियुक्त सञ्जीव र एसिड बेच्ने पसले नागेन्द्र साहलाई सहयोगी बनाएर मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय, धनुषाले जनाएको छ ।

दुवै जनाविरुद्ध अंगभंग, कुरूप र एकीकृत कसुर गरी तीन कसुरमा १५ वर्ष ६ महिना कैद र क्षतिपूर्तिको मागदाबी गरिएको जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताए । उनका अनुसार कुरूप बनाएकोमा आठ वर्ष, अंगभंगमा पाँच वर्ष र दुवै कसुरमा अर्थात् एकीकृत कसुरमा दुई वर्ष ६ महिना कैद सजायको मागदाबी गरिएको हो । 

उनीहरूविरुद्ध नयाँ कानुनअनुसार क्षतिपूर्ति र कैद सजायसहित बुधबार अदालतमा अभियोगपत्र दर्ता गरिएको छ । नयाँ कानुनअनुसार दर्ता गरिएको यो पहिलो मुद्दा भएको अर्यालले बताए । यो अन्य घटनाभन्दा फरक रहेको उल्लेख गर्दै जिल्ला न्यायाधिवक्ता अर्यालले भने, ‘समान्यतः एसिड आक्रमणका घटनामा कुरूप बनाइन्छ, तर यस घटनामा पीडितको आँखाको दृष्टि नै गुमेको छ भने अनुहार, छातीलगायत अंगभंग बनाइएको छ । तीन वर्षीया बालिकाको हात र टाउकोमा एसिड प्रहारले खत बसेको छ ।’ 

अहिले पीडित दुवैको काठमाडौंको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचार भइरहेको छ । दुवैजना अभियुक्त भने अहिले प्रहरी हिरासतमै छन् ।