१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
रासस चितवन
२o८१ बैशाख ३१ सोमबार १४:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसकाे महाधिवेशन फागुनमा सम्भव छैन : महामन्त्री डा. कोइराला

Read Time : < 1 मिनेट
रासस चितवन
नयाँ पत्रिका चितवन
२o८१ बैशाख ३१ सोमबार १४:१७:oo

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । 

चितवनमा आज सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दाबी विरोधलगायतका काम गर्न बाँकी रहेकाले तोकिएकाे समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट पारेका हुन् ।  

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपर्‍यो । त्यसमा दाबी विरोध हुन्छ । त्यसलाई समय दिनुपर्‍यो ।’ 

महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उनको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उनले बताए ।  

उनले भने, ‘कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।’ 

कुराकानीका क्रममा उनले अहिलेकाे अवस्थामा कांग्रेस सरकारमा सहभागी स्पष्ट पारे । 

ad
ad