मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २३ मंगलबार १८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली चोभारमा, भन्छन– राजनीतिक समस्या निम्त्याउन खोजियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २३ मंगलबार १८:५५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक समस्या निम्त्याउन खोजिएको दाबी गरेका छन् । काठमाडौंको चोभारमा रहेको सुवर्णकीर्ति महाविहारमा जेष्ट नागरिक आवासगृहको शिलान्यास कार्यक्रममा उनले राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भए पनि सफल नहुने दाबी गरे । 

उनले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह पनि गरे । हत्या हिंसाको गतिविधि हुन नदिन सरकार चनाखो रहेको उनको भनाइ छ । मोरङको मिक्लाजुङमा भएको हत्याको प्रसंग उल्लेख गर्दै ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन नसक्ने बताए । 

प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताए । 

कार्यक्रममा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले जेष्ट नागरिक भवन निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।