सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढी देखियो

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

संसारकै उच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढी देखिएको छ । 

२०७२ काे भूकम्पपछि कहिले सगरमाथाकाे उचाइ बढेकाे त कहिले घटेकाे भनी केही सञ्चारमाध्यममा समाचार आउने गरेका थिए । नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाकाे उचाइ घाेषणा गरेसँगै विश्वभर सगरमाथाकाे नयाँ आधिकारिक उचाइ स्पष्ट भएकाे छ ।

नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको सार्वजनिक गरिएको हो ।

नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सगरमाथाको उचाइ विगतमा भनिएको उचाइभन्दा ८६ सेन्टिमिटर बढि देखिएको हो ।

सुझावित समाचार