१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस काठमाडौं
२०७७ मङ्सिर २२ सोमबार २०:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ल्यान्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ मङ्सिर २२ सोमबार २०:२५:००

उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्यान्डमार्क होटेलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष  कैद र सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । 

मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश किरण पौडेलको इजलासले काठमाडौं जिल्ला अदालतले गरेको फैसला सोमबार सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौं जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो ।

दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा ०७५ माघ ७ गते शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका  थिए ।

उक्त घटनामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले ०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो । 

जिल्ला अदालतको फैसलाविरुद्ध ०७७ भदौ २५ मा उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो ।