१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर २० शनिबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २० शनिबार १३:११:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । 

यसअघि मंसिर १७ मा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि शनिबारका लागि बैठक बोलाइएको हो । 

आजको सचिवालय बैठकअगाडि दुई अध्यक्षबीच बालुवाटारमा करिब १ घण्टा बेग्दै भेटघाट भएको थियो । 

२५ दिनपछि नेकपा सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएकाे भेटवार्तालाई सकारात्मक रुपमा हेरिएकाे छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले समेत लिखित प्रस्ताव पेस गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

अध्यक्ष ओली समूहले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने र त्यसमा छलफल हुन नसक्ने अडान राख्दै आएको छ । सचिवालयको बहुमतले भने दुवै प्रस्तावमा छलफल गरेपछि मात्रै कुनै पनि निष्कर्षमा पुग्न सकिने भएकाले विधि र पद्धति स्विकार्नु पर्ने अडान राखेका छन् । 

मंसिर १७ को बैठक स्थगित भएपछि अनौपचारिक छलफल सघन बनेको थियो । तर, यसबीचमा विभिन्न तहमा भएका छलफलबाट कुनै ठोस सहमति भने जुट्न सकेको छैन ।