१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पोखरेल एआइजी बढुवामा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:५१:oo

 दुई साताअघि थपिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा डिआइजी विश्वराज पोखरेलको बढुवा सिफारिस भएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले उनको नाम सिफारिस गरेको हो ।

उनलाई नै बढुवा गर्न दुई साताअघि सरकारले एआइजीको दरबन्दी थप गरेको थियो । गृह मन्त्रालयको प्रस्तावविना नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रस्तावमा दरबन्दी थप भएको थियो । उपप्रधानमन्त्री पोखरेल र डिआइजी पोखरेल नातेदार हुन् । 

हालका प्रहरी महानिरीक्षकपछि पोखरेललाई आइजिपी बनाउन दरबन्दी नै थपेर बढुवा गरिएको स्रोत बताउँछ । यसले प्रहरी संगठनलाई भने कमजोर बनाउने प्रहरी अधिकारीको चिन्ता छ । 

यसअघि पनि दुई ब्याच मिचेर उनलाई डिआइजीमा एकल बढुवा गरिएको थियो ।

ad
ad