१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १७:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभरका विभिन्न स्थानीय तहमा तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १७:५८:००


सरकारले विभिन्न स्थानीय तहमा तीन सय ९६ आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।

स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुऱ्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ललितपुरको गोदावरी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गरे । 

भवन शिलान्यास गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशमा तीन सय ९६ वटा पाँच शय्या, १० शय्या र १५ शय्याका आधारभूत अस्पतालहरूको शिलान्यास गरिएको बताए । 

यस्तै सातवटा प्रदेशमा ५०–५० शय्याका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताए । 

पालिकास्तरमा निर्माण हुन लागेका तीन सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताए । 

यस्तै सातवटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रतिअस्पताल आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, बागमती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।