Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
कमल खत्री म्याग्दी
२०७७ मङ्सिर १४ आइतबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच घाइते

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ मङ्सिर १४ आइतबार १७:१९:००

म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौरको काफलचौरमा आइतबार भएको बोलेरो जिप दुर्घटनामा एकको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । 

बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जिप भाइबाङ खोलानजिकको सडकबाट खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परेर जिपमा सवार ११ वर्षीया बालिका करिश्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनमा परी जिपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँचजना घाइते भएका छन् । 

घाइतेहरूमध्ये सुकला केसीको बेनी अस्पतालमा उपचारपश्चात् अवस्था सामान्य रहेकाले घर फिर्ता भएकी छिन् । 

दुर्घटनामा परी घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जिपमा सवार कृपा क्षेत्री र राजन केसीलाई थप उपचारका लागि पोखरा रेफर गरिएको बेनी अस्पतालले जनाएको छ  ।