
भारतका विदेशसचिव हर्षबर्धन शृंगलाको नेपाल भ्रमणलाई लिएर विरोध सुरु भएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विदेशसचिव शृंगलाका नाममा विरोधपत्र लेख्दै २०१९ नोभेम्बर २ मा लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रको करिब चार सय वर्गकिलोमिटर नेपाली भूमि भारतको राजनीतिक नक्सामा राखेको गल्ती नसच्याई नेपालसँग सम्बन्ध सुधारको आशा गर्नु व्यर्थ रहेको बताएको छ ।
विराेधपत्रमा भनिएको छ, ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाली जनता तपाईंको नेपाल भ्रमणप्रति अलिकति पनि उत्साहित छैनन् भन्ने स्पष्ट गर्दछ । मोर्चाले इन्डियाको संस्थापन पक्षलाई नेपालको सबभन्दा ठूलो शत्रु र इन्डियाली जनतालाई असल मित्र ठानेको छ । हामी हाम्रो ६०,००० वर्गकिलोमिटर जमिन फिर्ता नगरेसम्म इन्डियाविरुद्ध ब्यानर उठाइरहन्छौँ । २०१९ नोभेम्बर २ मा लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रको करिब चार सय वर्गकिलोमिटर नेपाली भूमि इन्डियाको राजनीतिक नक्सामा राखेको गल्ती नसच्याई नेपालसँग सम्बन्ध सुधारको आशा गर्नु व्यर्थ छ ।’
विदेशसचिव शृंगला दुईदिने औपचारिक भ्रमणमा बिहीबार बिहान काठमाडौं आइपुगेका छन् ।
उनी नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद सुचारु गर्न विशेष विमानबाट काठमाडौं आइपुगेका हुन्।
गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेपछि विदेशसचिव शृंगला नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
विरोधपत्र
इन्डियाका विदेश मामिला सचिव हर्षबर्धन शृंगलासमक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र
श्रीमान् विदेश मामिला सचिवज्यू
विदेश मामिला मन्त्रालय
नयाँदिल्ली, इन्डिया
विषय : विरोधपत्र
महोदय,
उक्त सम्बन्धमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाली जनता तपाईंको नेपाल भ्रमणप्रति अलिकति पनि उत्साहित छैनन् भन्ने स्पष्ट गर्दछ । मोर्चाले इन्डियाको संस्थापन पक्षलाई नेपालको सबभन्दा ठूलो शत्रु र इन्डियाली जनतालाई असल मित्र ठानेको छ । हामी हाम्रो ६०,००० वर्गकिलोमिटर जमिन फिर्ता नगरेसम्म इन्डियाविरुद्ध ब्यानर उठाइरहन्छौँ । २०१९ नोभेम्बर २ मा लिम्पियाधुरा –कालापानी–लिपुलेक क्षेत्रको करिब चार सय वर्गकिलोमिटर नेपाली भूमि इन्डियाको राजनीतिक नक्सामा राखेको गल्ती नसच्याई नेपालसँग सम्बन्ध सुधारको आशा गर्नु व्यर्थ छ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौं , नेपाल
२०२० नोभेम्बर २५