१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख २१ शुक्रबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतले लगायाे ४३ मोबाइल एप्समा प्रतिबन्ध

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ बैशाख २१ शुक्रबार १२:३६:oo

भारतले थप ४३ वटा मोबाइल एप्समा प्रतिबन्ध लगाएकाे छ । प्रतिबन्धित एप्सहरूमा अधिकांश चिनियाँ एप्सहरू छन्।

भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरूले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । 

प्रतिबन्धित एप्सहरूमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरू रहेका छन् । यसमध्ये १४ वटा एप्सहरू डेटिङसँग सम्बन्धित छन् । 

भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जीसमेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारत सरकारले चिनियाँ मोबाइल एप्सहरूले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरू संकलन गरी चीन पुऱ्याएको आरोप लगाएको थियो । 

चीन र भारतबीच सीमावर्ती लद्दाखका विषयलाई लिएर महिनौँदेखि विवाद छ । तर, सैनिक र कूटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरू भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयबारे विवरण सार्वजनिक भइरहेको छैन । 

भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप्सहरू तीव्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरूले भारतीय प्रयोगकर्ताका रुचिलाई समेटेर एप्सहरू निर्माण गरेका छन् । 

ad
ad