मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७७ मङ्सिर १० बुधबार १२:१३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारीचालक अनुमतिपत्रको ट्रायल अनिश्चित

Read Time : > 1 मिनेट
भोजराज भण्डारी काठमाडाैं
२०७७ मङ्सिर १० बुधबार १२:१३:००

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को ट्रायल कहिलेबाट खुला गर्ने अनिश्चित बनेको छ । कोरोना संक्रमणका कारण चैतदेखि रोकिएको ट्रायल खुलाउन यातायात व्यवस्था विभागले  कुनै ठोस निर्णय लिन सकेको छैन ।

प्रदेशका यातायात कार्यलयहरूबाट खुला गर्ने विभागलाई जानकारी दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म कुनै पनि  प्रदेशमा  सवारीचालक अनुमतिपत्रका लागि ट्रायल खुला गरिएको छैन । विभागले पनि खुला गर्नका लागि प्रदेश कार्यालयहरूलाई निर्देशित गरेको पनि छैन ।

सरकारले असोज १ देखि प्रायः सबै क्षेत्रमा बन्दबन्दी तथा निषेधाज्ञा अन्त्य गरे पनि यातायात व्यवस्था विभागले भने कहिलेदेखि ड्राइभिङ लाइसेन्सको ट्रायल खुलाउने भन्ने टुंगो लगाउन नसकेको हो । 

चालक अनुमतिपत्र लिन सवारीधनीहरू ट्रायलको पर्खाइमा रहेका छन् । कोरोनाकाे कारण देखाउँदै  प्रादेशिक  यातायात कार्यालयले पनि कुनै तातो देखाएका छैनन् ।

विभागले भने प्रदेशबाट खुला गर्नुपर्ने अडान राख्दै आएको छ । प्रदेशमा कोरोना भाइरसको स्रंक्रमणको अझै त्रास रहेको  र जोखिम बढ्न सक्ने भन्दै खुला गर्न नमानेको  यातायात  व्यवस्था विभागका निर्देशक  लोकनाथ भुसालले जानकारी दिए ।

‘खुला गर्ने नगर्ने भन्ने विभागसँग सम्पर्क हुँदैन,  खुला भएपछि  विभागलाई जानकारी गराउनुपर्ने हुन्छ,  प्रदेशका कार्यालयहरूले अझै पनि कोरोना भाइरसको कारण देखाउँदै खुला  गर्न मानिएका  रहेका छैनन् । विभागले  खुला गर्नुपर्ने भन्दै प्रदेशका  भौतिक यातायात कार्यालयहरूलाई जानकारी दिने तयारी गरेका छौँ, अब केही  दिनमै खुला  गर्नका लागि पहल गर्नेछौँ,’ भुसालले भने ।

जोखिमको  खतरा अझ धेरै रहेको छ । एकैपटक अनुमतिपत्र खुला गर्दा   भिड बढ्ने सम्भावना रहन्छ । जोखिमलाई ध्यानमा राखेर सोहीअनुसार निर्णय गर्ने विभागको तयारी रहेको छ ।

ट्रायल खुलेपछि काठमाडौंमा हप्तामै लाइसेन्स पाउन सकिने

यातयात व्यवस्था विभागले लकडाउनको सदुपयोग गर्दै वर्षौँदेखि बाँकी रहेको चालक अनुपतिपत्र  (स्मार्ट लाइसेन्स) छापेर सकाएको छ । पुराना लाइसेन्सको छपाइको काम सकिएका छन् भने ट्रायल खुला नहुँदा नयाँ लाइसेन्स  छपाइ आउन सकेका छैनन् । 

जसका कारण अब नयाँ आउने  सवारी धनीका हकमा काठमाडौं उपत्यकामा एकै हप्तामा  लाइसेन्स पाउन सकिने  भुसाल बताउँछन् । ‘अहिले पहिलोजस्तो प्रेसर रहेको छैन । ट्रायल खुला हुनेबित्तिकै हामी सहज लाइसेन्स उपलब्ध गराउन सक्छौँ। उपत्यकाबाहिरको हकमा भने एकदेखि ढेड महिना लाग्न सक्छ ।’