Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ०५:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा साओमीको बजार हिस्सा सबैभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ०५:३०:००

साओमी स्मार्ट फोनको नेपाली बजारमा सबैभन्दा बढी हिस्सा रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीले आइडिसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्याकर, तेस्रो त्रैमासिक रिपोर्टअनुसार साओमी फेरि नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड बनेको दाबी गरेको हो । 

सन् २०२० को पहिलो त्रैमासिकमा ब्रान्डले नेपालको स्मार्ट फोन बजारमा नेतृत्व गरेकोमा तेस्रो त्रैमासमा पनि पहिलो स्थानमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार युनिट सिपमेन्टका आधारमा नेपालमा ३४.१ प्रतिशत बजार हिस्सा रहेको छ । मी र रेडमी सिरिजको सफलताका कारण बजार हिस्सा बढी भएको कम्पनीको दाबी छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो सफलता मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका कारण भएको बताए ।

यो सफलताले सबैका लागि नवीन प्रविधि प्रदान गर्ने हाम्रो उद्देश्यको नजिक पुग्न मद्दत गरेको उनको भनाइ छ । कम्पनीले रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उपस्थिति जनाएको छ ।

साओमीले अनलाइन बिक्री साझेदार दराज डटकम र सस्तोडिलमार्फत पनि स्मार्ट फोन बिक्री गरिरहेको जनाइएको छ । यसका साथै देशभर १ हजार ६ सयभन्दा बढी अफलाइन पार्टनर स्टोर र ३ सय ५० भन्दा बढी मी प्रिफर्ड पार्टनर स्टोर स्थापना गरेको कम्पनीको दाबी छ ।