मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर ८ सोमबार १४:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुमेको भूमि फिर्ता ल्याउने काम गर्ने सरकारलाई ‘देखिनसक्नेहरूले’ खेदो खने : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ८ सोमबार १४:२५:००

प्रधानमन्त्री केपी ओलीले सरकारको खेदो खन्नेहरूले विभिन्न बहाना बनाएर सरकारलाई उल्झनमा पार्न खोजेको बताएका छन् । 

कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा समेटी फिर्ता गर्न सरकार लागेकोमा सरकारको खेदो खन्नेलाई गाह्रो परेको उनले बताए । 

उनले गुमेको जमिन फिर्ता आएमा सरकार लोकप्रिय हुने र अझै हाई–हाई हुने भएकाले सबै बिथोल्ने काम गरेको, तर यो सरकार कुनै हालतमा राम्रा कामबाट पछि नफर्कनेसमेत बताए ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य इकाइको भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सुन्दर ठाउँलाई अझै पर्यटकले झकिझकाउ बनाउनुपर्ने बताए । 

उनले सुन्दर घुन्सा गाउँलाई पर्यटकीय नमुना गाउँ घोषणा गर्न सकिएकोले यसलाई छिटै अन्य काम थालनी गरिने आश्वासन दिए । 

चीनसँग जोड्ने तमोर करिडोरलाई पनि छिटोभन्दा छिटो काम सकी सीधा चीनसँगको पारवहनलाई सहज बनाउने उनको भनाइ छ । 

अहिले विकासको काम तीव्र भएको प्रसंग बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणका कामलाई तीव्र बनाउने बताए ।

सरकारको खेदो खन्नेहरूले मात्र कामको मूल्यांकन नगरेको, तर वास्तवमा यो सरकाले काम धेरै गरेको उनको भनाइ छ । 

उनले लोकतन्त्र, संघीय गणतन्त्रका लागि काम गर्ने यो सरकारले कुनै कसर नराखी देश र जनताका लागि काम गर्ने बताए । 
केन्द्र सरकार, संघीय सरकार र गाउँ सरकार सबै मिलेर देशका लागि काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले राम्रो काम गरेर देश र जनताको मन जित्नेसमेत बताए । 

उनले चीनको सीमावर्ती क्षेत्र ओलाङचुङगोलामा स्थापना  गरिएको बिओपीको निरीक्षण गरे ।