१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ६ शनिबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ६ शनिबार १८:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार : योगेश भट्टराई भन्छन्– हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ६ शनिबार १८:५१:oo

नेकपाका स्थायी समिति सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत जनताको बहुदलीय जनवादको कोर्स हुन नसक्ने बताएका छन् ।

स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगर कमिटीको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताहरूले नाराबाजी गर्दै दुर्व्यवहारको प्रयास गरेपछि भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो ।’ 

पाण्डेमाथि दुर्व्यवहारकाे प्रयास भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

तत्कालीन एमालेको नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवारसमेत रहेका पाण्डे ईश्वर पोखरेलसँगको कडा प्रतिस्पर्धामा सात मतले पराजित भएका थिए ।