१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्वीर
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महासचिव पौडेलको अध्यक्ष प्रचण्डलाई प्रस्ताव : एकल प्रस्ताव फिर्ता लिनुस्, संयुक्त प्रस्ताव ल्याउनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १७:०१:००

पार्टीभित्र देखापरेको विवाद मिलाउन नेकपाका महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी सचिवालयमा दाहालले राखेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । 

पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा महासचिव पौडेलले संयुक्त प्रस्ताव बन्न नसके पार्टी दुर्घटनातर्फ जान सक्ने खतरा पनि औँल्याएको स्रोतले जनाएको छ ।  

उनले अध्यक्ष दाहाललाई एकल राजनीतिक प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव बनाउन र विभाजन रोक्न आग्रह गरेका थिए । 

उनले पार्टी विभाजन रोक्नका लागि एकल प्रस्तावभन्दा संयुक्त प्रस्ताव बनाएर मात्र अघि जानुपर्नेमा ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ ।

भेटमा महासचिव पौडेलले ‘पार्टीभित्रका ९९ प्रतिशत कार्यकर्ता विभाजनको पक्षमा नभएको र यो भावना तपाईंले कदर गर्नुपर्छ र यो संयुक्त प्रस्तावबाट मात्र सम्भव छ,’ भन्ने प्रस्ताव दाहालसमक्ष राखेका थिए ।  

महासचिव पौडेलले यसरी छुट्टाछुट्टै प्रस्ताव लाने र छलफल गर्ने हो भने समग्र सचिवालय असफल हुने बताएका थिए । 

यस्तो भएमा शीर्ष नेतृत्व असफल हुने भएकाले स्थायी समितिका अन्य साथीहरूलाई जिम्मेवारी दिनुपर्नेमा महासचिव पौडेलले अध्यक्ष दाहाललाई जोड दिएको स्रोतले जनाएको छ । 

महासचिव पौडेलको प्रस्तावको जवाफमा दाहालले यसरी आफूले प्रस्ताव आउनुमा अध्यक्ष केपी शर्मा ओली जिम्मेवार भएको बताएका थिए  

अध्यक्ष दाहालले ‘यसबारेमा साथीहरूसँग सल्लाह गर्छु’  भनेर जवाफ दिएको स्रोतले जनाएको छ ।

भेटमा महासचिव पौडेलले बढी समय आफ्नो धारणा राखेका थिए भने अध्यक्ष दाहालले कम मात्र बोलेको र धेरै समय सुनेर मात्र बसेको स्रोतको भनाइ छ ।

आज नै नेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष दाहाललाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेका थिए ।