१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मालपोतका सुब्बा र कार्यालय सहयोगी तीन लाख घुससहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:o४:oo

मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय र नेपालगन्ज कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई तीन लाख २० हजार घुससहित पक्राउ गरेको जनाएको छ । 

उनीहरूले सेवाग्राहीबाट जग्गा नापजाँच गरी पुर्जा बनाइदिने भन्दै उक्त रकम घुस लिएका थिए । 

उनीहरू शुक्रबार अर्थात् आज पक्राउ परेका अख्तियारले जनाएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ । 

ad
ad