मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १२:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिका र चीनसहित नौ देशका दूतावासअगाडि प्रदर्शन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १२:२१:००

७२औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन अमेरिका, रुस, चीनसहित नौ देशका दूतावास अगाडि प्रदर्शन हुने भएको छ । 

 मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ । 

यस क्रममा १० डिसेम्बर अर्थात् २०७७ मंसिर २५ मा आणविक अस्त्र भएका राष्ट्रहरू अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाडौंस्थित नौवटा दूतावास अगाडि एकसाथ मध्याह्न १२ बजेदेखि आधा घन्टा प्रदर्शन गर्ने समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड कहरबाट बच्न सकिन्छ, तर आणविक अस्त्रको कहरबाट कसले बचाउने ? भन्दै आणविक क्लबका सदस्य राष्ट्रहरूको दूतावासअगाडि प्रदर्शनपश्चात् युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित नौवटै देशका सरकार प्रमुखहरूलाई राजदूतावासमार्फत ज्ञापनपत्र बुझाइनेछ ।’

प्रेस विज्ञप्ति
अमेरिका, रुस, चीनसहित ९ देशका दूतावासअगाडि एकसाथ प्रदर्शन हुने

७२औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर मंसिर २५ का दिन मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

यस क्रममा १० डिसेम्बर अर्थात् २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्रहरू अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाडाैंस्थित नाैवटा दूतावासअगाडि एकसाथ मध्याह्न १२ बजेदेखि आधा घन्टा प्रदर्शन हुन गइरहेको छ । ‘कोभिड कहरबाट बच्न सकिन्छ, तर आणविक अस्त्रको कहरबाट कसले बचाउने ?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरूको दूतावासअगाडि प्रदर्शनपश्चात् युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित नाैवटै देशका सरकार प्रमुखहरूलाई राजदूतावासमार्फत ज्ञापनपत्र बुझाइनेछ ।

अमेरिकी दूतावास अगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चिनियाँ दूतावासअगाडि सभापति उत्तम पुडासैनी, रुसी दूतावासअगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दूतावासअगाडि संस्थापक महासचिव सुवास ढकाल, फ्रेन्च दूतावासअगाडि सल्लाहकार होमकान्त चौलागाईं, ब्रिटिस दूतावासअगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दूतावासअगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दूतावासअगाडि काठमाडाैं शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दूतावासअगाडि ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारासहित शान्तिवादीहरूको सहभागिता रहनेछ ।  

यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा दर्जनौँ जिल्लामा प्रदर्शन हुनेछ ।  

स्मरणीय छ, आणविक अस्त्रको विश्वव्यापी उन्मूलन, आणविक हतियारहरूको निर्माण र परीक्षणमा प्रतिबन्धको मागसहित शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ भने विगत एक दशकदेखि युद्ध निषेध: शान्ति विशेष भन्ने आह्वानसहित दर्जनौँ प्रदर्शनहरू आयोजना भइसकेको छ ।
समाजका तर्फबाट
सुशील बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति : २०७७ मंसिर ५